काठमाडौं, २६ फागुन ।
मिर्गाेला प्रत्यारोपण गरिएको १० औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पतालबाट डिस्चार्ज भएको छ । शुक्रबार साँझ उनलाई डिस्चार्ज गरिएको हो ।
अघिल्लो बुधबार प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको छ । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको हो । यद्यपी अझै केही हप्ता निवासमै आराम गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीलाई संक्रमण नहोस् भने बालुवाटारमा बिशेष कक्ष बनाइएको छ । त्यहाँ उनलाई बिशेष निगरानीमा राखिने छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिने समिक्षा संग्रौलाको डिस्चार्ज भइसकेको छ ।












