Logo
Logo

कस्तो रहला आजको मौसम ?


756
Shares

काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु लागेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तसर्थ चिसोबाट हुनसक्ने क्षतिबारे सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्