
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीबारे छलफल हुने पार्टीका सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूसँग छलफल गरेका थिए । आजबाट सुरु हुने बैठक दुई दिनसम्म चल्नेछ ।














