Logo
Logo

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


567
Shares

महोत्तरी । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे रहेका छन् ।

शुक्रबार बिहान करिब १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्