काठमाडौं । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा क्यानडाले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा क्यानडाका कप्तानले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालका तीव्र गतिका बलर आकाश चन्दले डेब्यु गरेका छन् । उनले पहिलोपटक क्यानडाविरुद्ध डेब्यु गरेका हुन् । यू–१९ विश्वकप क्रिकेटमा आकाशले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्यानडाविरुद्ध अनिल शाह, देव खनाल पनि टिममा समावेश छन् । कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई आजको खेलमा आराम दिइएको छ । आजको खेलमा अनिल शाहले नेपालको किपिङ गर्नेछन् । बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।














