Logo
Logo

एसियन कपको उपाधि कतारलाई


882
Shares

काठमाडौं । एएफसी एसियन कपको उपाधि कतारले जित्न सफल भएको छ । गएराति लुसेल स्टेडियममा भएको फाइनल खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै कतार च्याम्पियन बनेको हो ।

कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । २२ औँ मिनेट, ७३ औँ मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौँ मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो।

तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे।जोर्डनका यजन अल नइमतले ६७ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । एसियन कपको आयोजक राष्ट्रसमेत रहेको कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्