Logo
Logo

पत्रकार महासंघको इतिहास नसच्याए देशभर आन्दोलन गर्ने फोनिजको चेतावनी


1k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकार महासंघको इतिहास नसच्याए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी ‘अग्र अनुहार’ पुस्तक लोकार्पण गर्न लागेपछि फोनिजले विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो ।

सो पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको फोनिजको ठहर छ । उक्त पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने भन्दै महासचिव मिलन लिम्बूले प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोक्न समेत माग गरेका छन् ।

विज्ञप्तीमा इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था नहुने जिकिर पनि गरिएको छ । देशभरका आदिवासी जनजातिहरुको एक मात्र साझा र प्रतिनिनिधिमूलक संगठन फोनिजले सो विषयमा नेपाल पत्रकार महासंघलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि महासंघले स्थापना दिन र संस्थापक सम्बन्धी तथ्यलाई नजरअन्दाज गर्दै आएको छ ।

‘महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् । यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्