Logo
Logo

फोनिजको विरोधपछि सभामुख र सञ्चारमन्त्री पत्रकार महासंघको कार्यक्रममा सहभागी नहुने


4.2k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले आज तय गरेको ‘अग्र अनुहार’ पुस्तकको लोकार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी नहुने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘अग्र अनुहार’ पुस्तकको विरोध गरेपछि सभामुख घिमिरे र मन्त्री शर्मा कार्यक्रममा उपस्थित नहुने भएका हुन् ।

प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी आज ‘अग्र अनुहार’ पुस्तक लोकार्पण गर्न गर्दैछ । उक्त् कार्यक्रम विवादित हुने भएपछि उनीहरु कार्यक्रममा नजाने भएका हुन् ।

फोनिजका महासचिव मिलन लिम्बूले उक्त पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको दाबी गरे । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने भन्दै फोनिजले सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्