Logo
Logo

माओवादीको केन्द्रीय समिति बैठक जारी


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न केहि बेरअघिदेखि बैठक सुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । अहिले बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट प्रस्तुत गरिरहेको माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै बैठकमा सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीको बैठकमा सहभागीता रहेको छ । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्