काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा फागुन ३ गतेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ ।
फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।














