Logo
Logo

सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद


315
Shares

काठमाडौं । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो ।

भारतीय नम्बरप्लेटको स्कोरपियोबाट बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा उक्त रकम र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद रहेका छन् । रकम बरामदका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र आज दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्