
काठमाडौं । क्यानडाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका कुशल मल्लले क्यानडाको तेस्रो विकेट लिएका हुन् । १९ औं ओभरको पहिलो बलमा मल्लले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ । यसअघि आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।














