काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि कार्यालमयमै दुव्र्यवहार भएको छ ।
सोमबार बिहान क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै कालोमोसो दलेको हो ।
संगठनको एक समूहले उनलाई मिनभवनस्थित कार्यालय पुगेर कालोमोसो दलेको हो । कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको बुझिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले बताए ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठूलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।














