
काठमाडौं । गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको छ ।
१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेका हुन् ।
सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।















