Logo
Logo

त्रिविमा भीसी नियुक्तिबारे सांसद सुमनाले मागे प्रधानमन्त्रीको जवाफ


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भीसी (उपकुलपति) नियुक्तिबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै उनले शिक्षामन्त्रीको कार्यसम्पादनमा शंका व्यक्त गर्दै प्रधानमन्त्रीले नै भीसी नियुक्तिको विषयमा समितिमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेपछि उनले यसमा प्रधानमन्त्रीकै जवाफ माग गरेका हुन् ।

‘अयोग्य ठहरिनुपर्ने, बौद्धिक चोरी गर्ने व्यक्ति कुन हिसाबले नैतिकवान मानिन्छ ? यहाँ किन कसैको उजुरी परेन भनिएको ? किन छनबिन भएन ? यो एकेडेमीक पोजिसन हो । बौद्धिक चोरीको मान्छे कसरी भिसी हुन सक्छ ?’, उनले प्रश्न गर्दै भने ।

उनले अगाडि भने, ‘मन्त्रीज्युको कार्यसम्पादनमै शंका भयो। यहाँ प्रधानमन्त्रीज्यु नै चाहियो। गोप्य कोठामा गएर काम भयो भन्दैमा हुँदैन। चोरी भनेको चोरी नै हो ।?

प्रतिक्रिया दिनुहोस्