
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
नेपलले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेपछि प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोलीको प्रशंसामा गर्दै बधाई दिएका हुन् ।
त्रिवि क्रिकेट मैदामानमा भएको अन्तिम तथा तेस्रो खेलमा आज नेपालले क्यानडालाई नौ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४ ओभर तीन बलमा एक विटेक गुमाउँदै भेट्टायो ।
नेपाललाई सानदार जित दिलाउन ओपनर अनिलकुमार साह र भीम सार्कीको शतक प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो । अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे । कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो ।
यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।