Logo
Logo

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा नजाने


9.6k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् ।

अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् ।

प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन् । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ ।

त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो ।

तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका छन् । सोमबार पनि उनी चितवनमै छन् ।

प्रतिक्रिया दिनुहोस्