Logo
Logo

चीनबाहेक एप्पलका स्टोरहरु बन्द


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २ चैत (एएनआई) । कोरोना भाइरसको संक्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्.ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी २७ मार्चसम्म बन्द गरेको छ ।
एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीनबाहेक एप्पलका स्टोरहरु २७ मार्चसम्म बन्द गरिएको र कोरोनाको संक्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताएका छन् ।
कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताएका छन् ।
कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्दे्शिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना संक्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्