Logo
Logo

वीरगंजका मेयरविरुद्ध सरकारी कागजात किर्ते आरोपमा जाहेरी दर्ता


3.7k
Shares

वीरगंज । वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपलमा जाहेरी परेको छ ।

नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको पाइएपछि नागरिकता किर्तेमा छानबिन भोगिरहेका मेयर समूहविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात कीर्तेको जाहेरी दर्ता भएको हो ।

मेयर सिंहले बाबु बनेर नागरिकता दिलाएकी युवतीकी आमाले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात फर्जी रहेको भन्दै स्थानीय लियाकत अलिले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गरेका हुन् ।

मेयर सिंहको किर्ते नागरिकता प्रकरण जोगाउन रिता भट्टराईले जिल्ला अदालतमा दिएको निवेदनमा पेश भएको सरकारी कागजात फर्जी भएको जोहेरीमा उल्लेख छ ।

जाहेरीमा भनिएको छ– ‘रुबिना श्रेष्ठ नाम गरेकी युवतीको नागरिकता बनाउनका लागि मेयर राजेशमान सिंहले साक्षी किनारा बसेर पेश गरेको सरकारी कागजात फर्जी रहेको पाइएको छ ।’

मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई शनिबार मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्