Logo
Logo

माओवादीको विधान सम्मेलन सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघिबाट सम्मेलन सुरु भएको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले पार्टीको विधान परिमार्जन गर्ने एजेण्डा रहेका छ । स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट सुझाव ल्याएको छ ।

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन् ।

माओवादीले विधान सम्मेलनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ । माओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्