Logo
Logo

सरकारले विधेयक नल्याउँदा कानुन बन्न सकेनन् : गणेश तिमिल्सिना


315
Shares

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले आवश्यकतानुसार कानुन बनाउन नसकेको बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको दावी गरे । उनले भने, ‘सरकारले विधेयक ल्याउनै सकेन ।’

राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो। उनले भने, ‘राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमै पास गरेर पठाएका छौँ ।’ सरकारले कानुन बनाउने कुरा प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

संसद्‌मा आएका विधेयक समयमै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्