Logo
Logo

दिमाग स्वस्थ्य राख्न हिड्नुहाेस् दैनिक चार हजार कदम



काठमाडौं– अहिले सामान्यतया हिँडडुल गर्नेहरुले आफ्नो शारिरीक तन्दुरुस्तीका लागि १० हजार कदमको पिडोमिटर सेट गरेका हुन्छन् । दैनिक १० हजार कदम हिँड्दा दिल, दिमाग र शरीर तन्दुरुस्त बन्ने चिकित्सकको सल्लाह अहिले आमधारणामा परिणत भइसकेको छ ।

यो तार्गेट सवैले पूरा गर्न सक्छन् भन्ने छैन । कति त यो तार्गेट देखेरै पछि हट्छन् र नियमित हिँडडुल नै कम हुन थाल्छ ।
१० हजार कदमबाट डराएर पछि हट्नेका लागि नयाँ अध्ययन आएको छ । जसले दिमागको स्वास्थ्यका लागि ४ हजार कद हिँड्दा पुग्ने देखाएको छ ।

प्यासिफिक न्युरोसाइन्स इन्सिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक एवं अध्येता डा डेबिड मेरिलका अनुसार दैनिक अभ्यास गर्दा मस्तिष्कमा सकारात्मक असर पर्छ। यसका लागि दैनिक ४ हजार कदम नै प्रशस्त देखिन्छ। त्यसै १० हजारको लक्ष्य लिएर नियमित अभ्यास छुटाउनु भन्दा दैनिक ४ हजार कदम हिँडेर दिमा स्वस्थ राख्नु उचित हुने यो अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्