Logo
Logo

राप्रपासँग वार्ता हुँदैनः दुर्गा प्रसाईँ


567
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग वार्ता नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपासँग वार्ता नहुने बताए । उनले भने, ‘दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा यो कल्पनादेखि बाहिरको हो, म एमालेको केन्द्रीय सदस्य छँदै छ नि ! राप्रपामाभन्दा अलिकति गतिलो पार्टी हो नि त । राप्रपाका मानिस त म ल्याउँदिनँ, राप्रपामा भित्रने कुरै छाडिदिनुस्, रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ। हिजो बिहान आएर हात मिलाए, दिउँसो आउँछु भने, आएनन् । उनीहरूको के कुरा गर्ने ?’

प्रसाईंले मंगलबार भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग छलफल गरेका थिए । सोमबार पनि प्रसाईंले सोही रिसोर्टमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

छलफलपछि राप्रपा महामन्त्री राणाले आफूहरू एक ठाउँमा उभिएले राप्रपा कार्यकर्ताहरूलाई भृकुटीमण्डपको कार्यक्रममा सहभागी हुन अपिल गरेका थिए । तर मंगलबार भृकुटीमण्डपको कार्यक्रममा राप्रपाको साथ नपाएको गुनासो प्रसाईंको छ ।

उनले भने, ‘अघि बिहान वार्ता गर्ने कुरा गर्दै थिए, अब वार्ता नै हुँदैन, तिनीहरूसँग के छ र वार्ता गर्नूरु उनीहरूले त यो आन्दोलन बिथोल्न खोजेका रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्