Logo
Logo

ललिता निवास प्रकरणको फैसला आज आउने


441
Shares

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।

ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्