Logo
Logo

माओवादीको विधान सम्मेलनः आज ७ समूहले सुझाव पेश गर्ने


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान सम्मेलन आज पनि जारी रहने भएको छ ।  पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उद्घाटन गरेको उक्त सम्मेलनमा आज बाँकी रहेका ७ वटा समूहले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।

सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्