Logo
Logo

एमाले सचिवालय बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

बिहीबार दिउँसो ३ बजे बस्ने बैठकका केन्द्रीय कमिटीका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्