Logo
Logo

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर बलात्कार, आरोपी पक्राउ



जनकपुरधाम । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधबार दिउँसो अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकालाई अत्यधिक रक्तश्राव भएर बेहोस अवस्थामा उनका आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल रिफर गरिएको थियो ।
बलात्कृत बालिका सुखिपुरकै हुन् । प्रहरीका अनुसार लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ ।

प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्