Logo
Logo

केसीको ‘नेपाली क्रान्तिको आँखीझ्याल’ पुस्तक लोकार्पण



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ ।

बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘नेपाली क्रान्तिको आँखीझ्याल’ लोकार्पण गरेका हुन् ।

जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्