Logo
Logo

राष्ट्रिय महिला उद्यमी सम्मेलन भोलिदेखि



भैरहवा ।  भैरहवामा शुक्रबार र शनिबार राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै छ । ‘महिलालार्ई लगानी, घर घरमा उद्यमी’ भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुन लागेको हो । 

नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितीको अगुवाइमा दुई दिने सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब दुई सय जनाबढि महिला उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहनेछ । महासंघको पहिलो ऐतिहासिक कार्यक्रमको रुपमा रहेको सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरुका स्टल समेत रहनेछ । 

यस्तै सम्मेलनमा महिला उद्यमीको विकास, विस्तार एवम प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पु¥याउने उदेश्यले आयोजना गर्न लागिएको सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, बित्तिय पहुच, बजार पहुच, पर्यटनका सम्भावना र चुनौती , युवा महिला, स्टार्टअपका लागी गरिएका पहल साथै भएका व्यवस्था लगायतका ५ विषयमा बिज्ञहरुसँग छुटटा छुटटै छलफल गरिने नेपाल उद्योग वााणिज्य महासंघ महिला उद्यमी विकास समितिको सभापति कमला श्रेष्ठले जानकारी दिइन् । सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्