Logo
Logo

ठमेल कुटपिट घटना : सानुभाइसहित ७ जनाविरूद्ध मुद्दा दायर


2.6k
Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा कुटपिट गरेको घटनामा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सानुभाइ भन्ने युवराज गुरूङ समूहका ७ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । माघ ६ गते बिहान अन्दाजी साढे ३ बजे क्लबको पार्किङमा छमबहादुर पुनमाथि सानुभाइको समूहले कुटपिट गरेका थिए ।

नुवाकोट घर भई टोखा सूर्यदर्शन हाइट बस्ने ३३ वर्षीय सानुभाइ पटकपटक कुटपिटका घटनामा पक्राउ पर्दै आएका छन् ।उनीसँगै थोते एवं विश्व तामाङ भन्ने बिसु तामाङ, मार्शल भन्ने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भन्ने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङविरूद्ध मुद्दा दायर भएको हो ।

उनीहरूमध्ये विश्व र मार्शलमात्रै पक्राउ परेका छन् । अन्य प्रतिवादीहरू फरार छन् । प्रहरीमा पीडित छमबहादुरले मुलुकी अपराध संहिता, २०७४ दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग गर्न नहुने कसुरअनुसार सजाय मागदाबी गरेका हुन् ।

उक्त कसुरअनुसार १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । सरकारी वकिलले उनीहरूविरूद्ध क्षतिपूर्ति पनि भराउन मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्