
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक बोलाएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पाटी केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो ।
बैठक यही फागुन ८, ९ र १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको नेता राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ ।
त्यसैगरी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण तथा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा पनि निर्धारण हुने उनले बताए ।














