Logo
Logo

सडिसकेको अवस्था प्रहरी हवल्दार ठकुल्लाको शव भेटियो


3.5k
Shares

रुपन्देही । डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत अवस्थामा भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव बुटवल नजिकको जंगलमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

सडिसकेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिएको पण्डितले बताए ।

ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । उनले भने, ‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्