काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले अहिले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ। यस्तै, महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।














