Logo
Logo

सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ


1k
Shares

बुटवल । बचतकर्ताको झन्डै सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रकम हिनामिना गरेको बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई पक्राउ गरिएको हो । गुरुङलाई बिहीबार र भैरहवा शाखा व्यवस्थापक पाण्डेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्