Logo
Logo

त्रिवि उपकुलपतिको अन्तर्वार्ता आज


504
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता आज हुने भएको छ । उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको लाग आजको मिति तय गरेको हो । अन्तरवार्ताको समय २० मिनेट हुने छ ।

सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको छ । सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता हुनेछ । जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ ।

दोस्रो चरणमा दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्