Logo
Logo

नेपाल ‘ए’ क्यानडा-११ सँग पराजित



काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ आफ्नो पहिलो खेलमा क्यानडा–११ सँग पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपला क्यानडासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडाले ६ विकेट गुमाउँदै खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

क्यानडलाई जित दिलाउनको लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् ।

त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे। किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे। त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्