Logo
Logo

त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो, सिफारिस समितिको बैठक जारी


1.4k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता भर्खरै सकिएको हो ।

अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ । बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

सिफारिस गरिएका तीन जनाको नाम लिएर शिक्षामन्त्री अशोककुमार राई कुलपति तथा प्रधानमन्त्रीलाई भेट्न जाने समिति स्रोतले जनायो । कुलपति तथा प्रधानमन्त्रीले सम्भव भएसम्म आजै त्रिविको २० औँ उपकुलपति नियुक्त गर्नेछन्।

उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो । भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्