Logo
Logo

बुढाथोकी, बराल र धमलामध्ये को बन्लान् त्रिविको उपकुलपति ?


2.1k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवारको आइतबार भएको अन्तर्वार्ताबाट प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमलाको नाम सिफरिस भएको हो । त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ (२) बमोजिम उक्त तीन जनामध्येबाट प्रधानमन्त्री एवं कुलपतिले एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्