Logo
Logo

रास्वपाको विभिन्न विभागमा जिम्मेवारी हेरफेर


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर गरेको छ । आइतबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा, केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, केन्द्रीय मानव अधिकार विभाग सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभाग सदस्यमा दिपक विश्वकर्मा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्