Logo
Logo

सुदूरपश्चिमका जिल्ला सभापतिहरुसँग शेखरको छलफल


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । महासमिति बैठक बस्नुअघि सोमबार नेता कोइरालाले जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् । तीन दिनसम्म चल्ने महासमितिको बैठक आजदेखि सुरु हुँदैछ ।

छलफलमा पुष्प शाह–अछाम, पदम बोगटी–कञ्चनपुर, चतुरबहादुर चन्द– बैतडी, भीम साउद–डडेलधुरा, रामसिंह रावल– बाजुरा, खड्ग बोहरा–बझाङ, नरेन्द्रबहादुर सिंह–ड ोटी र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू सहभागी थिए ।

अहिले १ बजे सुुरु हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्दैछन् ।
उक्त प्रतिवेदनमाथि चार समूह बनाएर छलफल गर्ने कांग्रेसले जनाएको छ । बैठकको सभपति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्