Logo
Logo

दक्षिण कोरियामा ६० जना विदेशी कोभिड-१९ संक्रमित, नेपाली सुरक्षित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ चैत । दक्षिण कोरियामा कोभिड– १९ बाट संक्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना संक्रमित छन् । दोस्रामा अमेरिकी सात जना छन् ।
त्यस्तै भियतनामी, मंगोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना संक्रमित रहेको बताइएको छ । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक संक्रमित रहेको तथ्यांक कोरियाली सरकारले सार्वजनिक गरेको छ ।
हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को संक्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । कोरियामा कोभिड–१९ को संक्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म संक्रमित हुनेको संख्या आठ हजार १६२ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्