Logo
Logo

चैत महिनाको बिद्यार्थीको शुल्क मिनाहा गर्न बिद्यार्थी संगठनको माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ चैत ।
बिद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्नुपर्ने माग बिद्यार्थी संगठनहरुले राखेका छन् । कोराना संक्रमणको जोखिमका कारण बिद्यालयहरु आजदेखि परिक्षा सकाएर बन्द हुँदैछन् ।
चैतमा पाँच दिन मात्र बिद्यालय खुलेको र कोरोना संक्रमणका असरका कारण बिद्यार्थीका परिवार समेत प्रभावित हुने भएकाले चैत महिनाको शुल्क मिनाहा गर्नुपर्ने बिद्यालयहरुको माग छ ।  ‘चैत महिनामा स्कुलहरू सञ्चालन नहुने भएककाले सबै निजी विद्यालयहरूले चैत महिनाको शुल्क फिर्ता गर्नको लागि माग गर्दछौं,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ।

बत्तीसपुतलीको अनुपम फूडल्यान्डमा आयोजित बैठकमा अनेरस्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी विद्यार्थी संगठन, समाजवादी विद्यार्थी संगठनलगायतको प्रतिनिधि रहेको थियो। नेविसंघका अध्यक्ष राजीव ढुंगानाको सभापतित्वमा बसेको बैठकले ६ बुँदे वक्तव्यसमेत जारी गरेको छ । वक्तव्यमा भनिएको छ, ’विभिन्न विद्यार्थी संगठनहरूको संयक्त बैठक काठमाडौंमा बस्यो । बैठकमा विश्वव्यापी महामारीको रूपमा फैलिदै गएको नोवल कोरोना भाइर(कोभिड(१९)को संक्रमणबाट जोगिने बारेमा छलफल भयो।’

बैठकले कोरोना भित्रिन नदिनको लागि अन्तर्रा्ष्ट्रिय विमानस्थल र सबै सीमा नाकाबाट औषधि र अत्यावश्यक सामग्री ढुवानीबाहेकका सम्पूर्ण आवतजावत तत्काल रोक्न माग गरेको छ। त्यसैगरी एसइइ परीक्षा केन्द्रमा भयमुक्त वातावरण सिर्जना गर्नसमेत सरकारसँग अनुरोध गरेको छ।

विद्यार्थीहरुले कोरोनाको नाममा बजारमा कालोबजारी बढेको ठहर गर्दै बजार अनुगमन गर्नेसमेत निर्णय गरेको छ। भनिएको छ, ’कोरोनाको नाममा डर, त्रास फैलाई बजारमा कृतिम अभाव सिर्जना गर्ने कालाबजारी नगर्न चेतावनी दिदै कालाबजारीमा संलग्नहरूलाई कडा कारवाही गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनको तर्फबाट बजार अनुगमन गर्ने निर्णय भएको छ। कालाबजारी नियन्त्रण गर्नको लागि सबै जनता सचेत र सरकारलाई सूचना दिन अनुरोध गर्दछौं।’

 

प्रतिक्रिया दिनुहोस्