Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् एजेण्डा



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव रहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्