Logo
Logo

कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि बस्दैछ । ललितपुरको गोदावरीमा हिजो आइतबारदेखि सुरु भएको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ ।

बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ ।

महामन्त्री थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरेकाे थियाे । विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टी सभापति शेरबहादुर देउवाले उक्त प्रतिवेदन सच्याउन भनेका थिए । तर, थापाले सच्याउन नसक्ने अडान लिएपछि उक्त प्रतिवेदन शंसोधनबिनै बैठकमा पेश हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्