Logo
Logo

वाफ वुमन्स च्याम्पियनसिपमा आज नेपाल र सिरिया भिड्दै



काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज समूह बी मा रहेको नेपालले सिरियासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्