Logo
Logo

बालकुमारी घटना : एकीकृत समाजवादीका युवा नेताले मागे गृहमन्त्रीको राजीनामा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको ज्यान गएको घटनाको मूख्य दोष गृहमन्त्रीलाई लगाउँदै श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका हुन् ।

घटनाको छानविन गर्न गठित समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी ठहर गरेसँगै चौतर्फी उनको बर्खास्तीको माग भइरहेका बेला नेता पराजुलीले पुलिसलाई गोली ठोक्ने आदेश कस्ले दियो ? भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको छ । त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याएका छन् ।

‘आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनुपर्छ’, पराजुलीले भनेका छन् ।

श्रेष्ठ आफैँ छानबिनको दायराभित्र उभिनुपर्ने व्यक्तिले आफूलाई जोगाउन अनुकुल छानविन समिति बनाएर नाटक मञ्चन गरिएको नेता पराजुलीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्