Logo
Logo

काठमाडौंमा १९ देशका सैनिक, चौँथो शान्ति प्रयास अभ्यास सुरु


1k
Shares

काठमाडौं । काठमाडौंमा नेपालसहित १९ देशका सैनिक सम्मिलित ‘चौथो शान्ति प्रयास अभ्यास’ सुरु भएको छ । 

आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त अभ्यासको उद्घाटन गरेका हुन् । उद्घाटन  गर्दै उनले र्वमान विश्वमा देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारणबाट सञ्चालित द्वन्द्वका कारण शान्ति पुनर्स्थापना खटिएका सैनिकले खतराको सामना गर्नु परिरहेको बताए ।

उनले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा सचेत हुनुपर्ने र शान्ति स्थापनाका लागि शान्ति सैनिकले अझ धेरै बुझ्न र तयारी गर्नुपर्ने अवस्था रहेको बताए । खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसंघको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको बताए ।

राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले हाल सबैभन्दा बढी सैनिक परिचालन गरेको छ । आज सुरु भएको शान्ति प्रयास अभ्यासमा नेपालसहित १९ देशका ११ सय ६१ सैनिकको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्