Logo
Logo

अदालतका घुस्याहा श्रेस्तेदार अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

कास्की, ६ चैत ।

अख्तियार दुरुपयोग अनुसन्धानले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्रेको छ। श्रेस्तेदार पराजुली न्यायलयका बदनाम कर्मचारी हुन् । उनीमाथि यसअघि पनि घुस मागेको आरोप लागेको थियो ।


पोखरा महानगरपालिका ५ पर्स्याङ चोक स्थित रेस्टुुरेन्टबाट उनी उक्त घुस रकमसहित पक्राउ परेका हुन्। अदालतमा विचाराधिन मुद्दाको गाडी छुटाइदिने भन्दै ृनले घुस लिएका हुन् । सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको खुलेको छ। तर बार्गे्निङका क्रममा ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन रेस्टुरेन्टमा पसेका थिए। घुससहित पक्राउ परेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत सर्वाेच्च अदालतमा सरुवा भइसकेको थियो। पटक पटक विवादमा मुछिएका उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन्। यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो। मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो। पटक पटक विवादमा परेपनि उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्