काठमाडौं, ६ चैत ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि राष्ट्रपति कार्यालयले समेत सतर्कता बढाएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कम्तीमा दुई साताका लागि भेटघाट बन्द गर्नु भएको छ । उहाँले आफ्नो सचिवालयका कर्मचारीलाई समेत दुई साताका लागि विदा दिनु भएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार औपचारिक÷अनौपचारिक भेटघाट बन्द गरिएको छ । कार्यालयका अन्य निजामती कर्मचारीलाई भने बिदा दिइएको छैन ।
विश्वभरी नै कोरोना संक्रमण बढेपछि नेपाल सरकारले पनि हाइ अलर्टमा रहन निर्देशन दिएको छ । शैक्षिक संस्थादेखि फिल्म हलसम्म बन्द गरिएको छ । साथै संक्रमित देशबाट आउन समेत बन्द गरिएको छ ।











