Logo
Logo

गण्डकी र सुदूरपश्चिमलगायत यी प्रदेशमा वर्षाको सम्भावना


378
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले अहिले बिहान मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । यस्तै, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्